आरके राजन

सिम्रौनगढ,नेपाल सि. एम. ए. संघ सिम्रौनगढको प्रथम नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरीप्रसाद कलवारको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनको उद्धाटन सत्र एव सि. एम. ए . समितिका संयोजक मिश्रीलाल चौरसियाको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा स्थानीय समाजसेवी राजेश यादव, कविराज जयनरायण प्रसाद यादव, राजेन्द्रप्रसाद साह, रामबाबु कुशवाहा, सिम्रौनगढ उद्योग वाणिज्य सघका अध्यक्ष लालबाबु कुशवाहा, सियाराम यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।अधिवेशनको बन्द शत्रले प्रमानन्द मुखियाको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मतले गठन भएको छ । समितिको उपाध्यक्षमा अमृताकुमारी यादव, वरिष्ठ उपाध्यक्षमा सुरेश ठाकुर, सचिवमा मिश्रीलाल चौरसिया, सहसचिवमा खैल्लुलाह अन्सारी, कोषाध्यक्षमा रामबाबु प्रसाद कुशवाहा तथा सदस्यहरुमा हारुल मिया, दीपेन्द्र गुप्ता, जयप्रकाश पण्डित, बैकुण्ठ मुखिया, भोलाप्रसाद यादव, सुब्बाषप्रसाद यालप लगायत रहेका छन ।अधिवेशन सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ स्थित ओम पार्टी प्यालेसको सभा कक्षमा सम्पन्न भएको हो ।

Leave a Reply