कृष्ण मोहन साह
सेढवा ,पर्साको जिराभवानी गाउँपालिकामा मंगलवार साँझ मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।भारत बिहार बैरिया गाउँ बस्ने वर्ष ४२ को रामजी ठाकुरको मोटरसाइलक दुर्घटनाबाट मृत्यु भएको हो ।जिराभवानी गाउँपालिका वडा नम्बर १ मा पर्ने हुलाकी सडक खण्डको ललितपुर गाउँ नजिक मंगलवार साँझ करिब ७ बजेको समयमा बीआर २२ एजे ७७८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते बनेका ठाकुरको उपचारको क्रममा मंगलवार राति नै मृत्यु भएको प्रहरी चौकी महादेवट्टीका प्रहरी सहायक निरीक्षक नन्दलाल साहले जानकारी दिनुभयो ।शव पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र मोटरसाइकल प्रहरी चौकी महादेव पट्टीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।

Leave a Reply