ठोरी, १७ भदौ ।
पर्साको ठोरी गाउ“पालिका १ चौतारामा जारी तीज कप नकाउट फुटबल प्रतियोगिताको फाइनल खेल विवादका कारण स्थगित भएको छ । वनशक्ती युवाक्लब २ र निर्मल समाज युवाक्लब ४ बिचको खेल विवाद भएपछि स्थगित हुनपुगेको हो । निर्धारित समयमा दुबै टिमले समान १/१ गोल गरेपछि खेल थप समयमा पुगेको थियो ।

थप समयको ३० औ“ मिनेटमा वन शक्ति युवाक्लबका जर्सी नम्बर १० का खेलाडीले रातो कार्ड पाएपछि खेलमा विवाद हुनपुगेको थियो । रातो कार्ड पाएका खेलाडी मैदानबाट बाहिरिनु पर्नेमा अटेर गरेर मैदान नछाडेपछि आयोजकले खेल स्थगित गर्ने निर्णय गर्दा प्रतिष्पर्धामा रहेको निर्मल समाज युवाक्लबका समर्थक विरोधमा उत्रिएकाथिए ।

अटेर गर्ने खेलाडी र क्लबलाई कारबाही गर्नुको सट्टा खेल स्थगित गर्नु अनुचित भएको भन्दै आक्रोसित बनेका निर्मलका समर्थकले मंचमा रहेको कुर्सी टेबल तोडफोड गरेकाथिए । आक्रोसित निर्मलका समर्थकलाई नियन्त्रणमा लिन सशस्त्रप्रहरी नै परिचालनगर्नु परेको थियो ।

Leave a Reply