कलैया,बाराको कलैयामा योङ कम्युनिष्ट लिगको ५औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शुभनारायण पटेलको अध्यक्षतामा दोस्रो कार्यकालको लागि समिति चयन गरेको छ ।पटेलको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमतिमा गठन भएको हो ।समितिको उपाध्यक्षमा हरि रिजाल, सुनिल पटेल, नरसिमा खातुन, सचिवमा जहागिर हुसेन, सहसचिव कन्चन पासवान, जयमंगल पटेल र कोषाध्यक्ष नवल यादव सर्वसहमतिबाट चयन भएका छन ।
त्यसैगरी समितिको सदस्यमा संजय साह, मुकेश चौधरी, वृजकिशोर यादव, सद्दाम हुसेन, विकासकुमार कुशवाहा, एजाज मंसुर, नवलकिशोर यादव, श्याम थोकार, श्यामप्रसाद मण्डल, नागेश्वर महतो, मंगिसुल्ला अंसारी, उकेन्द्र पासवान, कन्चन पासवान, कृष्णप्रसाद साह, मन्दिप यादव, जयमंगल कुमार, अरविन्द गुप्ता, मुरारी सरार्फ, कृष्ण पटेल, विशाल पटेल, पप्पु पटेल सर्वसहमतिबाट चयन भएका छन ।
जिल्ला अध्यक्ष पटेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिला खानाल, विशिष्ट अतिथि योङ कम्युनिष्ट लिगका केन्द्रीय सचिव अनिल पासवान, अतिथिमा कलैया उपमहानगरपालिकाका नगर कमिटी अध्यक्ष मुकेश साह, महागढीमाई नगरपालिकाका अध्यक्ष प्रह्लाद सहनी, परवानीपुर गाउँपालिकाका अध्यक्ष लालबाबु पटेल, अनेरास्ववियु कान्तिकारीका नेता विवेक साह, कान्तिकारीको बारा जिल्ला अध्यक्ष संदिप यादव, मजदुर नेता रामेश्वर पटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सोनु पटेल गर्नुभएको थियो ।


















