निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले नगरपालिकाद्वारा संचालन गरिएको निःशुल्क एसईई तयारी कक्षाको सोमवार अनुगमन गर्नुभएको छ ।नगरकार्यपालिकाले संचालनमा ल्याएको तयारी कक्षाको अवस्थाबारे जानकारी लिने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत बर्तौला निजगढ १ स्थित नेरामावि सिङ्गौल र निजगढ ७ को नेत्रोदय माविमा पुग्नुभएको हो । अधिकृत बर्तौलाले कक्षा कोठामै पुगेर पठनपाठनको अवस्था र त्यसको प्रभावकारिताको बारेमा विद्यार्थीहरुसंग जानकारी लिनुभएको थियो ।

त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले विद्यार्थीहरुसँग नगरकार्यपालिका कार्यालयले संचालनमा ल्याएको निःशुल्क एसईई तयारी कक्षाको आवश्यकता र यसबाट विद्यार्थीहरुमा पुग्ने लाभकोबारेमा आफ्ना भनाइहरु राख्नुभएको थियो । विद्यार्थीहरुले नगरपालिकाले संचालन गरेको निःशुल्क एसईई तयारी कक्षाले आफूहरु लाभान्वित भएको र सोको लागि निजगढ नगरपालिकालाई धन्यवाद दिएका थिए ।नगरपालिकाले विद्यार्थीहरुलाई कठिन लाग्ने अंग्रेजी, गणित, विज्ञान जस्ता विषयको निःशुल्क तयारी कक्षा संचालन गर्दैआएको हो ।

Leave a Reply