कसैका लागि राष्ट्रियता लोण्डुप दोर्जेको जस्तो पनि लाग्न सक्छ तर एउटा देशको सच्चा नागरिकहरुका लागि राष्ट्रियता प्राण जस्तै प्यारो हुन्छ ।नेपालमा त यस्ता धेरै उदाहरण छन् । इतिहाँसको केही कालखण्डमा नेपालमा पनि लोण्डुपहरु जस्तै पात्रको जन्म त भएको हो तर देशका लागि प्राण त्याग गर्ने गोर्खालीहरुको सूचि लामो छ । कसैले तपाईलाई केही सहयोग गर्छ भने उसले कसरी अपमान पनि गर्छ भन्ने कुराको उदाहरण हालै अमेरिका र युक्रेनका प्रमुखबीचमा भएको चर्काचर्कीले स्पष्ट पार्छ । वास्तवमा युक्रेनको लगभग अन्नपानी दाता अमेरिका हो नै ।
रुससंग अमेरिकाको बलले नै युक्रेन विगत तीन वर्षदेखि जसोतसो लड्दै पनि छ । युक्रेनका राष्ट्रपनि जेनेस्की जे भएपनि त्यो देशका एक नागरिक हुन् अनि एक राष्ट्र प्रमुख । युक्रेनभन्दा रुस ठूलो छ भन्दैमा वा अमेरिका शक्तिशाली छ भन्दैमा उसलाई हेप्ने कुरा राम्रो होइन । सानो देश भएपनि उसको आफ्नो अस्तित्व छ अनि स्वभिमान पनि छ तर अमेरिकाले देखाएका यो व्यवहार वास्तवमा दास प्रवृत्ति नै हो । युक्रेनलाई जसले दासी नै बनाउन खोजेको हो । अर्को राष्ट्रलाई हली बनाउने अमेरिकी राष्ट्रपति टम्पको सोचाई र व्यवहारमा युक्रेन झुकेको देखिदैन । अमेरिकाले सहयोग गरेकै आधारमा युक्रेन झुक्न पर्छ भन्ने पनि छैन । कम्तीमा आत्मसम्मान भन्ने कुरा त हुन्छ नि त्यसको पनि ख्याल नगर्ने ठूला देशका शासकहरुको शैली कस्तो हुन्छ । सबैले हेर्न र पाठ सिक्न जरुरी छ । नेपाल जस्ता साना देशहरुले पनि बेलैमा पाठ सिक्न चैं जरुरी छ ।
















