वीरगन्ज. पर्सामा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्प्तालमा गरिएको पिसिआर परिक्षणमा १२ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा जिल्लाबाट मात्रै संकलन गरिएको ६२ जना नमूना स्वाबको पीसीआर परिक्षण गर्दा ९ जना पुरुष र ३ जना महिला सहित १२ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । नयाँ थप हुने संक्रमितहरु वीरगञ्ज महानगरपालिका वडा न. ७ मा ३ जना, वडा न. ४ मा १ जना, वडा न. १४ मा ४ जना, वडा न. ९ मा २ जना र वडा न. १० का १ जना रहेका छन् । त्यसैगरी पर्साको जिराभवानी गाउपालिका वडा न. १ का १ जनामा पनि संक्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो । २२ वर्षदेखी ६९ वर्ष उमेर समुहका उनिहरुको संक्रमण सार्न सक्ने सिटि भ्यालु २५ देखी ३५ सम्म रहेको डा. चौरसियाले बताउनुभयो ।

Leave a Reply