वीरगंज,
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट आठौँ नगर सभाले पारित गरेसँगै आज सार्वजनिक भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले ६७ करोेड ७९ लाख ११ हजार ४ सय ३१ रुपैयाँ ९३ पैँसा बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

जसअन्र्तगत संघिय सरकारको समानिकरण अनुदानमा १३ करोड ८२ लाख, सशर्त अनुदानमा २१ करोड ३ लाख, प्रत्यक्ष अनुदानमा १ करोड, राजस्व बाँडफाँडमा ९ करोड ३१ लख ४९ हजार रहेको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समग्रमा शिक्षालाई बढी प्राथमिकता दिएपनि स्वास्थ्य, कृषि, पर्यटनलाई पनि महत्वपूर्ण रुपमा समेटिएको नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले बताए । उनका अनुसार भौतिक पूर्वाधार विकास, युवा तथा महिला एवम् बालबालिका र रोजगार सम्बन्धी योजना पनि नीति एवम् कार्यक्रममा समावेश गरिएको छ ।

बजेट ढिलो आएपनि समग्र नगर र जनताको हितमा हुने गरी ल्याइएको मेयर तेलीको दावी छ । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाह, वडाअध्यक्षहरु, वडा सदस्यहरु, नगर कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here