जियालाल चौधरी

कोल्हबी,नेकपा एमाले बारा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम मंगलबार कोल्हबीमा सम्पन्न भएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ को आयोजनामा भएको प्रशिक्षण भेला कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार अच्युत मैनालीले निर्वाचनमा जित हात पार्न खेल्नुपर्ने भुमिकाको बारेमा बोल्दै पार्टीको नीति र कार्यक्रम लिएर जनताको माझमा जान र एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउने कार्यमा लाग्न कार्यकर्ताहरुसंग आग्रह गनुभयो । आगामी निर्वाचन एमालेको निम्ति मात्रै नभएर देश र जनताको हितको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । ‘यो निर्वाचन केवल एमाले उम्मेदवारको हारजितको प्रश्न मात्रै होइन, प्रतिनिधि सभा उम्मेदवार मैनालीले भन्नुभयो, निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी बनेको खण्डमा देश र जनताले हार्ने छन ।’ मैनालीले राष्ट्रियता, जनजीविका र लोकतन्त्रको रक्षाको लागि पनि निर्वाचनमा एमालेको जित आवश्यक भएको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा देशमा राष्ट्रियता र जनजीविकाको क्षेत्रमा उल्लेखनीय काम गरेकै कारण देशी÷विदेशी शक्तिको इसारामा अध्यायदेशमार्फत सरकार गिराइएको पनि बताउनुभयो । ‘राष्ट्रियता संरक्षणको लागि नेपालको चुच्चे नक्सा सार्वजनिक गरियो, उहाँले भन्नुभयो, यहि कारणले आत्तिएका एमाले विरोधीहरुले विदेशीको इसारामा सरकार ढाल्ने काम गरे ।’ उहाँले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको पालमा भएका जपक्षीय कामको विवरण लिएर पार्टी कार्यकर्ताहरु जनताको बीचमा जानुपर्ने बताउनुभयो । ‘एमाले नेतृत्वमा देश विकासको निम्ति भएका कामको फेहरिस्त बोकेर जनतामा जानुहोस, उहाँले भन्नुभयो, जनताले एमाले बाहेक अन्य पार्टीलाई भोट दिने छैनन ।’ उम्मेदवार मैनालीले वर्तमान परमादेसी सरकार गठन भएपछि जनविरोधी कामबाहेक केही पनि नभएको भन्दै मौका पाएको बेला जनताको पक्षमा काम नगर्नेलाई जनताले मतदान गर्ने छैनन ।

नेकपा एमाले क्षेत्रीय कमिटी अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निर्वाचनमा केन्द्रित भएर एमालेको पक्षमा जनमत तयार पार्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । उहाँले निर्वाचनमा एमालेलाई बिजयी बनाउने जनता तयार भएको भन्दै विगतका भएका गल्तीहरुलाई सच्याउदै आगामी दिनहरुमा नयाँ सोच विचारका साथ संगठनलाई थप बलियो बनाउदै अगाडि बढनुपर्ने र अगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउनु पर्ने कुरमा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्य उम्मेदवार त्रिलोकी चौधरी, संघीय सांसदमा समानुपातिक तर्फकी उम्मेदवार अन्जु नेपाली, प्रदेश सदमा समानुपातिक उम्मेदवार केवल चौधरी, नेकपा एमाले कोल्हबी नगर कमिटीका अध्यक्ष पुरनदेव चौधरीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन एमाले क्षेत्रीय सचिव रामकृष्ण घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply