कोल्हबी,मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रताको अर्थ अराजकता नभएको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको पाँचौँ साधारणसभाको शनिवार बाराको कोल्हबीमा उद्धाटन गर्दै प्रमुख अतिथि मण्डलले सो कुरा बताउनुभएको हो । उहाँले लोकतान्त्रिक गणतन्त्रणको स्थापना भएपछि नागरिक पनि स्वतन्त्रता बनेको तर पछिल्लो समय स्वतन्त्रताको दुरुपयोग हुन थालेको पनि उहाँले बताउनुभयो ।
‘स्वतन्त्रताको यो अर्थ यो होइन कि हामी अराजक हुने हो, उहाँले भन्नुभयो, अराजक ढङ्गले सामाजिक संजालमार्फत गलत सूचना दिएर मान्छेलाई दिग्भ्रमित पारिएकोले यसलाई रोक्न नै सामाजिक सञ्जाल नियन्त्रण सम्बन्धि विधेयक ल्याउनुपरेको हो ।’

उहाँले देशमा जालझेल र षडयन्त्र धेरै भएकोले यसलाई रोक्न नयाँ कानुन जरुरी भएको बताउनुभयो ।उहाँले देशमा संविधानको पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । संविधान अनुसार कहाँ कानून बनेनन् ? कहाँ कार्यान्वयन भएन भन्ने विषयको परीक्षण नभई अन्य विषयको कार्यान्वयन हुन नसक्ने उहाँको भनाई थियो । उहाँले संविधानसभाबाट संविधान निर्माण गर्न सकस भएको र निर्माण भएपनि संविधानको उचित प्रयोग नहुँदा यसको औचित्यमाथि प्रश्न उठेको बताउनुभएको छ ।

संविधासभाबाट संविधान नचाहने बाईप्रोडक्टलाई प्रधानमन्त्री बनाउने काम गर्दा त्यसले त्यसले गणतन्त्रको घाँटी रेटेको उहाँले बताउनुभएको छ । उहाँले स्वतन्त्रताको नाममा अराजकता बढेकोले सामाजिक सञ्जाल विधेयक ल्याइएको पनि बताउनुभयो । त्यसलाई अन्याथा लिनुपर्ने आवश्यकता नरहेको पनि उहाँले बताउनुभयो । पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता नै नभएको र लोकतन्त्र नै समाप्त भएको अवस्थामा पत्रकारिता पनि समाप्त भएको तर्क गर्दै उहाँले पत्रकारितामा सत्यता, निष्पक्षता, स्वतन्त्रताको मूल्य मान्यता स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

फोनिज मधेस प्रदेशका अध्यष दुष्यन्त चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनाराण चौधरी, त्रिलोकी चौधरी, मगर, कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रचार चौधरी, फोनिज केन्द्रीय समितिका बरिष्ट उपाध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समितिका अध्यक्ष केसी लामिछाने, महासंघ मधेस प्रदेश समितिका अध्यक्ष श्याम बन्जारा लगायतले बोल्नुभएको थियो ।यसैबीच अधिवेशनले दुष्यन्त चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिवमा बृजमान तामाङ्ग, सचिव नविन चौधरी, पुनम चौधरी, कोषाध्यक्ष ज्योति लामा चयन भएका चन ।त्यसैगरी समितिको सदस्यहरुमा जिबेन्द्र चौधरी, शम्भु चौधरी, मनोज थापामगर, उदय पाख्रिन, बुधन चौधरी, शम्भु महतो थारु, विवेककुमार चौधरी, रोयटर मण्डल, लक्ष्मी चौधरी र पुजनप्रसाद चौधरी चुनिएका छन ।

चारजना पत्रकार सम्मानित
कोल्हबी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले चारजना पत्रकारलाई सम्मानित गरेको छ ।
फोनिज मधेस प्रदेशले स्थापना गरेको पत्रकारिता पुरस्काबाट सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत बारा पत्रकार सत्यप्रसाद श्रेष्ठ र सर्लाहीकी रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार र क्रिएटिभ क्रियाशील पत्रकारितता पुरस्कारबाट धनुषाकी लक्ष्मी चौधरी र सप्तरीका डम्बर राईलाई प्रदान गरिएको हो ।
चारैजनालाई फोनिजको मधेस प्रदेशको पाँचौं साधारणसभामा प्रमुख अतिथि सभामुख रामचन्द्र मण्डलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

जनही १०–१० हजार नगद, दोसल्ला र अविर मालासहित सम्मान गरिएको थियो । फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।यसैबीच सम्मानित बाराका अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठले आफूले पाएको नगद पुरस्कार फोनिज बारालाई हस्तान्तरण गर्नुभएको छ । संगठनले प्रदान गर्ने पुरस्कार कसैको सहयोगबाट नै गर्नुपर्ने भएकोले फोनिज बारालाई पनि संगठन मजबुद र बलियो बनाउन सहयोग पुगोस भन्ने मनसायले उहाँले बारा शाखा अध्यक्ष धिरेन्द्र पनुहरलाई पुरस्कार बापतको रकम हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply