मानिसको जीवन अमुल्य छ नै तैपनि यही अमुल्य जीवन पनि सामान्यभन्दा सामान्य कारण र सानो लापारबाहीका कारण क्षणभरमा सखाप भएको देखिन्छ । बस चढ्दा चालकको सानो कमजोरीले सयौंको यात्रुको ज्यान गएको हुन्छ अनि हवाई यात्रा गर्दा पाइलटको कमजोरीले क्षणभरमा कयौं यात्रुको ज्यान गएको घटना पनि हामी कहाँ ताजै छ ।एक प्रकारले भन्ने यी घटनाहरुलाई त भवितव्य भनिएला तर कल्पना नगरेको स्थान र समयमा पनि सानो कमजोरीका कारण मानिसको ज्यान गएको छ । बिहीवार काठमाडौंको गठ्ठाघरमा यस्तै भयो ।

ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा एक महिनाको अकालमा ज्यान गएको छ । यो घटनामा ट्रकका चालक त दोषी छन् नै यसमा कुनै क्षम्य हुने कुरै भएन तर यो घटनामा ट्राफिक प्रहरी पनि उत्तिकै दोषी छ । सवारी साधनको अत्याधिक चाप हुने स्थानमा चेकजांच गर्नु अनि ठक्कर दिएर भाग्ने ट्रक चालकलाई पक्राउ गर्ननसक्नु ट्राफिक प्रहरीको चरम अकर्मण्यता नै हो ।अब यो स्थानमा डिउटीमा खटिएको प्रहरीलाई कारबाही गर्नुपर्दछ । मान्छे मारेर भाग्ने ट्रकका चालकलाई समात्न नसक्ने सो स्थानमा खटिएको ट्राफिक प्रहरी र तिनका कमाण्डर नै जागिरबाट बर्खास्त हुनुपर्दछ तर हामीकहाँ कारबाही भनेको केही पनि हुदैहुदैन ।त्यसैले पनि स्थानीयहरुको बिहीवार भयानक आक्रोश देखिएको हो । चेकजाँच गर्दा सुरक्षा सावधानीसहित यात्रुको सुरक्षामा पनि ख्याल गर्नुपर्नेमा जथाभावी चेकजाँच गर्ने ट्राफिक प्रहरी दोषी नै हुन ।

Leave a Reply