नरेश गुप्ता
बरियारपुर – बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड १९ लाई भगाउन कोरोना माईको पुजापाठ गरिएको छ । सुन्दा अच्चम लाग्ने सोसल संजालमा चरिरहेको गाई अचानक आफ्नो रुप परिव गरि महिला बनेकी थिइन। नजिकै घाँस काटिरहेको महिलाहरुले गाई अचानक महिलाको रुप बनेपछी डराउदै उनको नजिकमा गएपछी यो संसारमा म कोरोना माई हो ,मेरो पुजा गरेपछी म बिदा हुने बताएकी थिइन ।
त्यसपछि भारत लगायत नेपालको मधेसको जिल्लाहरुमा स्थानीय महिलाहरुले कोरोना माईको पुजापाठ गर्न नजिकैको देबि ,देवता , मन्दिरमा गैइ पुजापाठ गरेकी थिइन । कोरोना माईको पुजापाठ गरेपछी बिश्वब्यापी रुपमा फैलिएको कोरोना बिदा हुने जनबिश्वासले पुजापाठ गर्न सबैलाई अनुरोध गरिएको महागढीमाई नपा १ निवासी पार्वती देबिले बताईन ।
कोरोना माईको पुजापाठको लागि अक्षत , लवङ्ग , लाईची , फुल , मिठा चढाई कोरोना माईको पुजापाठ गरिएको छ । कोरोना कोभिड १९ ले बिश्वब्यापी रुपमा लाखौको ज्यान लिइसकेको अवस्थामा पर्सा , बारा , रौतहट लगायतको जिल्लाहरुमा कोरोना माईको पुजापाठ गरिएको छ ।
कोरोना माईको पुजापाठ गरेपछि साच्चिकै कोरोना माई यो संसारलाई यश उपरान्त रक्षा गर्ने छिन जनबिश्वास स्थानीय महिलाहरुमा रहेको छन ।