निजगढ,प्रहरीले बाराको अमलेखगंजबाट १ केजी७५० ग्राम लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी बस्ने अन्दाजी बर्ष २१ को रबिन्द्र मोक्तानलाई मंगलवार दिउसो पक्राउ गरेको हो ।

अमलेखगंज चोकमा चेकजाँचको क्रममा मोक्तानले चलाएको बा ६३ प ८२६२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकलको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा सो परिमाणको अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । मोक्तान हेटौडाबाट वीरगञ्जतर्फ आउदै गरेका थिए ।पक्राउ परेका मोक्तान विरुद्ध लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट १० (दस) म्याद लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply