बसन्त लामा
सिंगौल,बाराको निजगढ नगरपालिकाबाट मकवानपुरको बकैया गाउँपालिका जोडने सडकको स्तरोन्नति शुरु भएको छ ।
सो सडक अन्तर्गत निजगढको सिंगौलबाट बकैयाको फापरबारी जोडने सडक खण्डको स्तरोन्नोति हुनलागेको हो ।
संघीय सरकारले चालु आर्थिक वर्ष ०८१÷०८२ को विनियोजित बजेटबाट सिंगौल फापरबारी जोडने सडकको स्तरोन्नोति हुन लागेको हो ।
सिंगौल– फापरबारी सडक स्तरोन्नोतिको लागि संघीय सरकारले १ करोड रकम विनयोजन गरेको छ । सडक निर्माणको लागि सडक डिभिजन कार्यालय हेटौडाले आह्वान गरेको बोलपत्र आशिष कन्ट्रकसनले सकार गरेर हाल स्तरोन्नोतिको शुरु गरेको छ । उक्त खण्डमा ५ पाँच सय १२ मिटरको प्रिमिक्स कालोपत्रे रोड निर्माण हुन लागेको निजगढ ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनाले जानकारी दिनुभयो ।
निजगढ वडा नम्बर ३ को शान्ति टोलमा संघीय सरकारले विनियोजन गरेको बजेटबाट प्रिमिक्स कालोपत्रे सडक बन्न लागेको हो । वडा अध्यक्ष तिमल्सिनाको पहलमा सडक स्तरोन्नोतिको काम शुरु भएको हो ।
नाला सहितको उक्त सडक बस्तिबीचमा ७ मिटर र पातलो बस्ती भएको स्थानमा ८ मिटर चौडा हुने निर्माण कम्पनी आशिष कन्ट्रकसनको प्रोपाइटर संजय चौरसियाले बताउनुभयो ।