कलैया,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका ४ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।फोनिजले यस वर्ष स्थापना गरेको ‘क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार’ र ‘देवनारायण÷गनिया स्मृति पत्रकारिता पुरस्कार’ बाराका सत्यप्रसाद श्रेष्ठसहित चारजना पत्रकारलाई प्रदान गर्न लागेको छ ।

महासंघले ‘देवनारायण÷गनिया स्मृति पत्रकारिता पुरस्कार’ पुरस्कारबाट श्रेष्ठ र रिना आलेलाई र ‘क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार’लक्ष्मी चौधरी र डम्बर राईलाई प्रदान गर्ने निर्णय गरेको फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिनुभयो । पहिलो पटक प्रदान गर्न लागिएको दुबै पुरस्कारको राशी १० हजार रहेको छ ।

फोनिज मधेस प्रदेशका अध्यक्ष चौधरीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारहरु श्रेष्ठ, आले, राई र चौधरीलाई प्रदान गर्ने निर्णय गरेको फोनिज मधेस प्रदेशका महासचिव बृखमान तमाङले जानकारी दिनुभयो ।‘देवनारायण÷गनिया स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनलाग्नुभएका बाराका पत्रकार श्रेष्ठ चार दशकअगाडिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । श्रेष्ठ हाल राससमा कार्यरत हुनुहुन्छ । त्यसैगरी सर्लाहीकी महिला पत्रकार आलेले विगत ७ वर्षदेखि पत्रकारिता गर्दैआउनुभएको छ । उहाँ सामुदायिक रेडियो सर्लाहीमा कार्यरत हुनुहुन्छ ।त्यसैगरी ‘क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार’ पाउने पत्रकार चौधरीले पनि एक दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउदै आउनुभएको छ । उहाँ हाल गोरखापत्र दैनिकपत्रिकामा कार्यरत हुनुहुन्छ । त्यसैगरी सोही पुरस्कारको लागि निर्णय गरिएका अर्का पत्रकार राई पनि दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राई हाल पूर्वेली दृष्टि सप्ताहिकका सम्पादक हुनुनुहुन्छ । त्यसैगरी उहाँ पब्लिक प्रेस दैनिकको सहसम्पादक समेत रहनुभएको छ ।

फोनिज मधेस प्रदेशको आगामी फागुन १७ गते बाराको कोल्हबीमा हुने साधारणसभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिने फोनिज मधेस प्रदेश अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेल्वा निवासी कमलबाबु चौधरीलेसंचालन गरेको क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कम्पनीका नाममा क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । चौधरी पछिलो समय सामाजसेवासँगै व्यवसायमा पनि सक्रिय हुदैआउनुभएको छ ।

सैगरी ‘देवनारायण-गनिया स्मृति पत्रकारिता पुरस्कार’ भने बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का किशोरीप्रसाद चौधरी तथा महेन्द्रप्रसाद चौधरीले स्थापना गरेका हुन । दुबै दाजुभाई अवकास प्राप्त सरकारी कर्मचारीसमेत रहेका छन । समाजसेवामा सक्रिय उनीहरुले आफ्ना स्वर्गीय माता र पिताको स्मृतिमा करोडौ मूल्य पर्ने १५ कठ्ठा जग्गा दान गरी गाउँमा एउटा विद्यालयसमेत स्थापना गरेका छन् ।फोनिज मधेस प्रदेशले आगामी फागुन १७ गते बाराको कोल्हबी नगरपालिकामा साधारण सभाको आयोजना गर्न लागेको फोनिज मधेस प्रदेशका महासचिव तमाङले जानकारी दिनुभयो । कार्यक्रमको उद्धाटन प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गर्ने उहाँले जानकारी दिनुभएको छ ।

Leave a Reply