पुष्पराज खतिवडा

मनहर्वा,भारतीय सहर दार्जेलिङ्ग बिचकुमा गुम्बाटोल माईतीघर बताउने पेमा भनिने प्रतिमाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छन् ।
एक वर्ष अघिदेखि बावासिर रोगबाट पीडित कलैया उपमहानगरपालिका वडा नम्बर–२२, मदिलवा निबासी शेर्पाले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । ३ वर्षअघि स्थानीय राजकुमार यादवसँग विवाह गरेकी उनको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ।
शेर्पाले खर्च अभावमा रोग पालेर कठिन जीवन जीउँदै आउनु परेको सुनाइन् । मधेशी मुलका नेपाली युवासँग विवाह गरेकी शेर्पाको काखमा डेढ वर्षको एउटा छोरा छ । ‘श्रीमानको कमाई छैन । ज्यालाबनी गरेर कमाएको पैसाले विहान बेलुकीको छाक टार्नै धौधौ परिरहेको छ,’ उनले सुनाइन, प्रत्येक दिन दुखाइ कम गर्ने औषधी खाएर बाँचिरहेको बाच्नु परेको छ ।’ बाबासिरको उपचार गर्ने पैसा नहुँदा रोग पालेर बस्न बाध्य छु । मेरो शारिरिक अवस्था बिग्रिएको छ । अधिक पिडाले गर्दा रातभरी निदाउन सक्दीन ।’ शेर्पाले सुनाइन् । वडा कार्यालयले सहयोगका लागि उपमहानगरपालिकामा सिफारिस गरिदिए पनि त्यहाँबाट समेत सहयोग नपाएको उनले सुनाईन् ।
शेर्पा २०७२ सालमा यादवसंग बिवाहा गरेर नेपाल आएकी हुन । सहयोग गर्न चाहने मनकारीहरुले पेमा शेर्पाका पती राजकुमार यादवको नाममा प्रभु बैंक कलैया शाखामा रहेको खाता नम्बर ०६१०११३०३४७०००११ मा रकम जम्मा गरि सहयोग गर्न सक्ने छन ।


















