सिमरा,अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुरका सहायक निरीक्षक काशिन्द्र यादवको नेतृत्वमा सवारी साधनको चेकजाँचलाई कडाइ गरिएको छ ।ट्राफिक नियमको उल्लङ्घन रोक्न तथा सुरक्षित यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरी टोलीले दैनिक रूपमा अनुगमन गर्दै जरिवाना तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।

ट्राफिक प्रहरीले जितपुर बजार र आसपासका निषेधित क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकल, अटोरिक्सा, ट्रक, पिकअप, भ्यान, बस लगायतका सवारी साधनहरूलाई कारबाही गरेको छ । ब्लुबुक तथा चालक अनुमतिपत्रको अनिवार्य चेकजाँच गरिनुका साथै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियम लागू गरिएको जनाएको छ ।ट्राफिक प्रहरीको टोलीले विद्यालय बसमा क्षमताभन्दा बढी विद्यार्थी कोच्न नपाइने तथा यात्रुवाहक बसमा सिटभन्दा बढी यात्रु राख्न नपाइने नियम पालना गराउन पनि निर्देशन दिएको छ । ट्राफिक निरीक्षक यादवले नियम उल्लङ्घन गर्ने चालकलाई सम्झाइबुझाइ छाडिएको तर पुनः गल्ती गरेमा जरिवाना सहित कानुनी कारबाही हुने चेतावनी दिनुभएको छ ।

Leave a Reply