????????????????????????????????????

वीरगन्ज –  बन्दाबन्दीमा विकास योजनाले तिब्रता लिए पछि निम्नबर्गलाई राहत प्रदान गरेको छ ।कारोना महामारीको कारण दुइ महिना देखि लागु रहको बन्दाबन्दीले दैनिक ज्यालादारी गरेर जिवन व्यक्तिहरुलाई सास्ती बढेको थियो ।केहि हप्तादेखि संघीय तथा प्रदेश सांसदहरुको कोषबाट भइरहेको विकास योजनाले रोजगारी सिजर्ना गरेकोले आर्थिक गतिविधिहरु पुन सुरु भएका छन् ।

 

 

 

 

 

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४को बहुअरी टोलमा सुरु भएको सडक निर्माण योजनाको प्रदेस सभासद रमेश पटेल र डा अन्जु यादवले संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो ।प्रदेश सभासद रमेश पटेलको संसदिय कोषबाट निर्माण भइरहेको सडक ढलान योजना ५०लाखको  लागतमा २ हजार ७ सय ८६ स्क्वायर मिटर सडकमा माटो पुरी ग्रेभल गरेको ढलान गर्ने कार्य सोमबार सुरुभएको छ ।

 

 

 

 

पुरै विश्व कारोनाको महामारीबाट आंक्रान्त भएकोको सम्पुण जिवन नै थप भएको बताउदै प्रदेस सभासद रमेश पटेलले   बन्दाबन्दीको  समयमा विकास निर्माणबाट नै रोजगारीको अवसर प्रदान गर्ने बताए । दुइ महिना देखि थपरहेको जिवनचक्रलाई विकास निर्माणले केहि हदसम्मको रोजगारीको अवसर प्रदान गरेको उनले बताए ।

 

 

 

 

 

 

सडक निर्माण उदघाटन  कार्यक्रममा वडा नम्बर २४का वडा अध्यक्ष दशरथी पटेल लगायत गाउका स्थानिय बुद्धिजिवि तथा विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिती रहेकको थियो ।  

Leave a Reply