कृष्ण मोहन साह

सेढवा,पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा तयारी अवस्थामा रहेको घरेलु मदिरासहित एउटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा गएको गस्ती टोलीले जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ हरपुर गाउँबाट ८० लिटर तयारी घरेलु मदिरासहित नम्बर प्लेट नभएको एउटा मोटरसाइकल बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ मदिरा बोकेको समूह भने मोटरसाइकलसहित मदिरा छाडेर भागेकाले मोटरसाइकल र मदिरा मात्रै बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको मदिरालाइलाई स्थानीयबासी, भद्रभलादमी र सन्चारकर्मीको रोहवरमा नष्ट गरिएको र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here