कलैया,बारा प्रहरीले शनिवार बाराको महागढीमाई नगरपालिकामा अबैधरुपमा संचालनमा रहेका ५ वटा भट्टी नष्ट पारेको छ ।प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक दिलिपकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिवार महागढीमाई नगरपालिका वडा नम्बर ३ रामटोल र सोही नगरपालिका वडा नम्बर १० ग्वासटोलमा २ वाट समेत गरी ५ वटा भट्टी नष्ट पारेको हो ।
प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार सो क्रममा मदिरा बनाउन प्रयोग हुने करिव ५ लाख ८० हजार मूल्य बराबरको मदिरा बनाउन प्रयोग गरिने ८ हजार लिटर कच्चा पदार्थ, सानो र ठूलो गरी १ सय १५ थान पलास्टिकको ड्रम र मदिरा बनाउन प्रयोग हुने ४ वटा मेसिनसमेत बरामद गरी नष्ट पारिएको छ ।