कलैया,बारा प्रहरीले बिलविजकभन्दा बढी परिमाणको गिट्टी लोड गरेको सातवटा ट्रिपर नियन्त्रण्मा लिएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा आइतवार राति साढे आठ बजे टिपरहरुलाई रोकी चेक जाँच गर्दा बिलविजकभन्दा बढी परिमाणमा रहेको गिट्टी बालुवा लोड गरेको र्पाएकोले ट्रिपरलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ख ७२७९, ना.८ ख ४५२४ नम्बरको बालुवा लोड गरेको ट्रिपर र प्र.२–०३–००१ख ५९०४, प्र.२–३–००१ ख ५५१४ नम्बरको बलुवा लोड गरेको टिपर नियन्त्रणमा लिएको थियो ।नियन्त्रण लिइएका टिपरलाई आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।



















