पुष्पराज खतिवडा
बारा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका कृषि बजारलाई आवश्यक पूर्वाधार सहितको दिगो व्यवस्थापनमा सहयोग गरिदिन जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले कृषिमन्त्री रामनाथ अधिकारीसंग आग्रह गर्नुभएको छ ।सिंहदरवरस्थित कृषि मन्त्रालयमा मन्त्री अधिकारीको कार्यकक्षमा पुगेर अध्यक्ष लामिछानेले यस्तो आग्रह गर्नुभएको हो । मधेश प्रदेश पर्यटन तथा हवाई यातायात समितिका सभापती र नाटाका अध्यक्ष समेत रहनुभएका लामिछानेले कृषिलाई पर्यटनसँगै जोडेर समग्र मधेश प्रदेशको विकास र विस्तारमा कृषि सेड लगायतका पूर्वाधारमा लगानी गरिदिन आग्रह गरिएको बताउनुभयो ।

कृषि मन्त्री अधिकारी सहित पर्यटन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंहसँग भेटगरी कृषि, मधेश प्रदेशको पर्यटन प्रवद्र्र्धन, कृषि सेड निर्माण, बहुउदेश्यीय तालिम केन्द्र भवन एवम् कृषिको बिकासको लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।मन्त्री अधिकारीले पालिकामार्फत आवश्यक योजना मन्त्रालयमा पेस गर्न अनुरोध गर्नुभएको उहाँले बताउनुभयो । कृषि मन्त्री अधिकारी एवं पर्यटन सचिव सिंहसँगको भेटवार्ताको क्रममा मधेश प्रदेश पर्यटनकर्मी एवं संचारकर्मी ललिता साहको समेत सहभागिता थियो ।

Leave a Reply