सिमरा,बारा प्रहरीले २७लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर चोकबाट सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले ना ३ ख २९४६ नम्बरको ट्रक रोकेर जाँच गर्दा भन्सार छलीका सामान फेला परेको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार ट्रकमा लत्ताकपडा, जिन्स, रासायनिक पदार्थ तथा जालीजस्ता सामग्री थिए, जसको भन्सार बिल बिजकभन्दा बढी मूल्यको सामान बरामद भएको थियो।बरामद गरिएको सामानको कुल मूल्य २७ लाख १२ हजार ७३४ रुपैयाँ निर्धारण गरिएको छ। नियन्त्रणमा लिइएको ट्रक र बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply