नरेश गुप्ता

बरियारपुर,लोसपा नेपाल मधेस प्रदेश संयोजक एंव पूर्वभौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले प्रदेश दुईको नामाकरण मधेस प्रदेश हुनुले सबैको शान बढेको बताउनु भएको छ ।

लोसपा बाराद्वारा कलैयामा आयोजना गरिएको १५ औं बलिदानी दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सोनलले प्रदेशको नाम मधेस राख्न लोसपा नेपालले ठूलो भुमिका खेलेको बताउदै आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरुकै कारण देशमा संघीयता र गणतन्त्र स्थापना भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति बाराका संयोजक एंव पार्टीका जिल्ला अध्यक्ष नवलकिसोर सिंहले सहिदको सपना खेर नजाने बताउनुभयो । मधेस प्रदेश नाम राख्न अग्रणी भूमिका खेल्ने सांसदहरुलाई उहाँले धन्यवाद दिनुभयो ।

मधेस आन्दोलनको क्रममा ज्यान गुमाउने जितेन्द्र शर्मा, प्रमेश्वर साह, अभिराम शर्मा , बबिता चौधरी, रामप्रवेश बैठा, जैनुल राईनप्रति श्रद्धान्जली अपर्ण गरिएको थियो ।

मधेस प्रदेश स्थापना गरेकोमा सबै शीर्ष नेताहरुलाई लोसपा नेपालका केन्द्रीय सदस्य डा.कमरुल्लाह अंसारीले धन्यवाद दिनुभएको थियो । लोसपा नेपालले मात्र मधेसको पहिचान र स्वाभिमानको मुद्दा बोकेको भन्दै उहाँ जनताले पनि लोसपालाई साथ दिनुपर्ने केन्द्रीय सद्स्य अंसारीले बताउनुभयो ।

त्यसैगरी लोसपा नेपाल सिम्रौनगढ नपा वडा नम्बर ७ मा वडा अधिवेशन तथा बलिदानी दिवस मनाएको छ । लोसपा नेपालको सिम्रौनगढ नगर कमिटीका अध्यक्ष किशोरी साह कलवारको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा वडा अध्यक्ष राजेश यादव, सिम्रौनगढ नगर कार्यपालिका सद्स्य प्रमानन्द मुखिया, वडा अध्यक्ष मन्जुर अंसारी लगायतले बलिदानी दिवसमा आफ्ना मन्तव्य व्यक्त गर्नु भएको थियो । लोसपा सिम्रौनगढ वडा नम्बर ७ का वडा अध्यक्ष नन्दलाल सहनीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Leave a Reply