वीरगञ्ज,पर्साको तिलावे नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन् ।झण्डै तीस घण्टापछि बेपत्ता समीर देवान मृत अवस्थामा फेला परेको हुन । जिल्लाको बहुदरमाई मन्दिर नजिकबाट शनिवार बिहान बेपत्ता भएका समीरको शव करिब ५ सय मिटर टाढा फेला परेको खोजी कार्यमा सहभागी सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले जानकारी दिनुभयो ।

बेपत्ता समीरको नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा खोजतलासमा जुटेको थियो । शनिबार विहान साढे ११ बजेदेखि उनी बेपत्ता भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएदेखि नै सशस्त्र प्रहरीको टोली परिचालन गरी खोजी कार्य सुरु गरेको थियो ।सशस्त्र प्रहरी बल पर्साका अनुसार समीरको खाजीका लागि ¥याफटिङ्ग टोली र पैदल टोली परिचालन गरिएको थियो । मृतक समीर बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी असलम देवानका छोरा हुन । उनी शनिवार तिलावे नदीमा साथीहरुसंग पौडी खेल्न गएका थिए ।



















