चन्द्रपुर,चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुर रौतहटको आयोजनामा चन्द्रपुरमा हुन लागेको प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ को तयारी पुरा भएको छ ।“कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार“ भन्ने मूल नाराका साथ फाल्गुण ५ गतेदेखि १७ गतेसम्म तुलसीलाल अमात्य स्मृति रंगशाला चन्द्रपुर ४ चन्द्रनिगाहपुरमा महोत्सव हुने भएको हो ।महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन एवं व्यवसायिक प्रदर्शनी र बिक्री स्टल लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री सहित बाल उद्यान रहने चन्द्रपुर नगर उधोेग बाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बताउनुभयो ।

चन्द्रपुर नगरपालिकाको संरक्षण साथै चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजना साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको सपोर्टमा एवं मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोगमा महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सवको मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंहबाट उद्घाटन हुनेछ । समुद्धाटन समारोहमा सरिक भएका संघ संस्थाहरुले आआफ्नो पहिचान झल्कने झाँकी नृत्य, गीत, संगीत प्रस्तुत गर्ने चन्द्रपुर उद्योग बाणिज्य संघका महासचिव जनकराज भारतीले जानकारी दिनुभयो ।

Leave a Reply