निजगढ,निजगढमा जारी दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज भएको २ वटा खेलमा वडा नम्बर ९ र वडा नम्बर १० को टोली विजयी भएका छन ।प्रतियोगिता अन्तर्गत पहिलो खेलमा वडा नम्बर ९ को टोलीले वडा नम्बर २ को टोलीलाई वाकओभरमा पराजित गरेको हो । वडा नम्बर २ को टोली निर्धारित समयभित्र खेल मैदानमा उपस्थित नभएसंगै आयोजकले वडा नम्बर ९ लाई विजेता घोषणा गरेको थियो ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा वडा नम्बर ६ लाई २-० गोल अन्तरमा पराजित गर्दै वडा नम्बर १० को टोली विजयी भएको छ । वडा नम्बर १० का दावा वाईवाले खेलको १६ औं मिनेटमा गोल गरी टिमलाई अघि बढाएका थिए । त्यसैगरी दोस्रो हाफको ४औं मिनेटमा रोहन सिंतानले निर्णायक गोल गर्दै जित सुनिश्चित तुल्याएका थिए ।
आजको खेलमा उत्कृष्ट प्रर्दशन गरे बापत वडा नम्बर १० का दावा वाईवाले म्यान अफ दि म्याचको उपाधि पाएका छन । उनलाई स्व. विकल रेग्मीका माता कमला रेग्मी र वडा नम्बर १० का वडा सदस्य कुुमार मोक्तान, निजगढ नगर खेलकुुद विकास समितिका सदस्य एंव प्रशिक्षक धनबहादुर लामाले संयुुक्त रुपमा ट्रफी प्रदान गरेका थिए ।
आजको खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी, सहायक रेफ्री रियाजुल स्लाम, राजुु चौधरी, फोर्थ अफिसियल नीलकमल चौधरी रहेका थिए । मंगलवार पहिलो खेल दिउसो २ बजे र दोस्रो खेल दिउसो ३ बजे निजगढ नपा ९ स्थित शहीद हिरालाल रंगशालामा हुुने जनाएको छ ।


















