आर.के. चौधरी

सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ स्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ ।मधेस प्रदेश र सखुवाप्रसौनी गाउँपालिकाको सहकार्यमा सञ्चालनमा ल्याइएको जनस्वास्थ्य प्रयोगशाला सोमबार एक कार्यक्रमबीच गाउँपालिका प्रमुख यसवन्त यादवले उद्धाटन गर्नु भएको हो ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, प्रशासन प्रमुख अरबिन्द ठाकुर, लेखा शाखा अधिकृत सुमन साह, स्वस्थ्य शाखा प्रमुख राजेश रौनियार, वडा ५ का स्वास्थ्य चौकी प्रमुख सरोज गिरी लगायतको उपस्थित हुनु हुन्थ्यो । मधेश प्रदेश सरकारले ४८ लाख रुपैयाँ र जनस्वास्थ्य प्रयोगशाला सामग्रीहरु सखुवाप्रसौनी गाउँपालिकाला सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जानकारी दिनुभयो ।

Leave a Reply