कलैया,बाराको फेटा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतवार कागजपत्र नियन्त्रणमा लिएको छ ।आयोगमा परेको उजुरीको छानबिन गर्न आयोगको हेटौडास्थित कार्यालयको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी गोबिन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।
टोलीले उजुरीको छानबिनको क्रममा फाईल, कागजातहरु अध्ययन गर्न तथा विकास निर्माण सम्बन्धि नाँपजाँचको लागि गाउँपालिका पुगेको उहाँले बताउनुभयो । पालिकाविरुद्ध आयोगमा उजुरीहरु परेको तथा त्यसको छानबिनको लागि आयोगको टोली फेटा गाउँपालिकामा पुगेको गौतमको भनाई छ ।




















