निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ र ७स्थित जनहित सामुदायिक वन उपभोक्ता समूहको ११औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाको प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला उपाध्यक्ष एंव सो समूहका पूर्वअध्यक्ष बाशुदेव तिमल्सिनाको विशिष्ट आतिथ्यताभएको सो साधारण सभामा जनज्योति सामुदायिक वन समूह निजगढ ७ का अध्यक्ष खडकबहादुर मोक्तान, जनहित वन समूहका उपाध्यक्ष नेत्र पुलामी, पूर्वअध्यक्ष बालकृष्ण दर्लामीलगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।

समूहकी अध्यक्ष चन्द्रिका पुलामीको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष पुलामीले समूहको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सृृजना वाइवाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन रामबहादुर माझीले गर्नुभएको थियो ।

Leave a Reply