कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा मंगलवार प्रहरीले १० कठ्ठा क्षेत्रफलमा लगाइएको अबैध गाँजा खेती फडानी गरेर नष्ट पारेको छ ।ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाको नेतृत्वमा गएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलबस्तिमा १० कठ्ठा क्षेत्रफलको ऐलानी जमिनमा लगाइएको गाँजाको बिरुवा फाडेर नष्ट पारेको हो ।
गाँजा खेती कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।