सिमरा,नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशन बिहीवारबाट शुरुभएको छ ।
अधिवेशनको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल र ज्वाला साहले संयुक्त रुपमा उद्धाटन गर्नुभएको थियो ।

नगर कमिटीका अध्यक्ष एवंम जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा प्रमुख अतिथि पौडेलले एमालेलाई प्रतिक्रियावादी शक्तिले निसाना बनाएर आक्रमण गरिरहेको बताउदै पार्टी कार्यकर्ताहरुले एकताबद्ध भएर त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अर्की पोलिटब्युरो सदस्य साह, केन्द्रीय कमिटी सदस्य इकलाल मिया,मन्जु थापा, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, एमाले बारा जिल्ला कमिटी अध्यक्ष अध्यानन्द पाण्डे, सचिव अमृत बजगाईलगायतले अधिबेशन सफलताको लागि शुभकामना दिनुभएको थियो ।

अधिवेशनअन्तर्गत शुक्रवार हुने बन्दसत्रले आगामी ५ वर्षको लागि १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, २ जना उपसचिव र अन्य सदस्यहरु रहने गरी ८५ सदस्यीय नयाँ कमिटी चयन गर्नेछ । अध्यक्ष पदका लागि नगर कमिटीका वर्तमान सचिव रत्न उप्रेती र उपसचिव त्रिलोक बिक्रम शाही ठकुरी आकांक्षी रहेका छन । बन्द सत्रमा सर्वसम्मतिको लागि प्रयास गरिने अन्यथा मतदानबाट भएपनि नयाँ नेतृत्वको चयन गरिने नगर कमिटीका अध्यक्ष भोलाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply