राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिकाले बुधवार एक कार्यक्रमकाबीच कक्षा ११ र १२ का छात्रछात्राहरुलाई विद्यालय पोसाक वितरण गरेको छ ।श्रीमंगल माध्यमिक विद्यालय भिस्वा र श्री नवगावा माध्यमिक विद्यालय चारगाहामा अध्यनरत छात्रछात्राहरुलाई पोसाक वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले विद्यार्थीहरुलाई कोट, पाइन्ट, सर्ट वितरण गर्नुभएको थियो ।कार्यक्रममा वडा अध्यक्ष महेन्द्र साह कालवार, शिक्षा शाखा प्रमुख सत्रुधन यादव, कार्यापालिका सदस्य बलिस्टर साह, भिस्वा माविका प्रअ दिनेश पटेल, नवगावा माविका प्रअ गगनदेव यादव, प्रअ प्रभु गिरी, सुरेश साह, शिक्षक मनोज पटेल, शिक्षक, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मीलगायत अभिभावक र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियोे ।

Leave a Reply