सिमरा,जीतपुरसिमराबाट लागु औषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जस्थित जंगल एरियाबाट लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय सिमरा, बारा र पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्र्तगत रहेको डम्बरपुर पोष्टबाट खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले एकजनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले जीतपुरसिमरा उपमहानगर पालिका– ८ बस्ने ५४ वर्षीय बासुदेव महतोलाई ११ किलोग्राम लागु औषध गाँजासहित पक्राउ गरेको डिएसपी दधिराम न्यौपानेले जनाउनुभयो ।पैदल हिडिँरहेका उनलाई शंका लागेर जाँच गर्दा बोराभित्र लुकाइछिपाई राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीको भनाई छ ।यसैबीच प्रहरीले ठुलो परिणामको अबैध लागु औषध सहित पक्राउ परेका एक जनालाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित मंगलवार पक्राउ गरेको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ टांगियाबस्ती बस्ने २७ वर्षको अजय घलान भन्ने कान्छाराम तामाङलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको हो ।विशेष सूचनाको आधारमा घलानको घरमा खानतालासी गरेको प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा ड्रामाटोल १२०५ पिस, नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस बरामद गरेको थियो ।घलानमाथि लागु औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट तिन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।


















