कलैया,बाराको प्रसौनी गाउँपालिकामा बुधवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उपकार सेवा नेपालको आयोजनामा शिबिर सम्पन्न भएको हो ।प्रसौनी गाउँपालिका र रोहित फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा वीरगन्ज आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । वडा नम्बर १ को स्वास्थ्य चौकीमा सम्पन्न शिबिरमा दुई सय १७ जनाको आँखा जाँच गरिएको छ ।जसमध्ये एक सय दुई जनामा मोतियाबिन्दुको समस्या देखा परेको जनाइएको छ । उनीहरुको बिहीवार वीरगञ्ज आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अस्पतालका डा. मधेश सिंह धामीले बताउनुभयो ।