आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढमा आगामी फागुन महिनामा हुने ‘सिम्रौनगढ परिसंवाद’ कार्यक्रमको पूर्वतयारीको क्रममा बुधवार जिल्लाका पालिकाका प्रमुखसंग सिम्रौनगढमा प्रारम्भिक छलफल एवं अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सिम्रौनगढको ऐतिहासिक, पर्यटकीय, पुरातात्विक र धार्मिक महत्वको उजागर एंव उक्त क्षेत्रको प्रचार प्रशास गर्ने उद्देश्यले आगामी फागुन ९, १० र ११ गते ‘सिम्रौनगढ परिसंवाद’ आयोजना हुन लागेको हो ।

कार्यक्रमलाई सफल पार्न पालिकाका प्रमुखहरुसंग प्रारम्भिक छलफल एंव अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।
सिम्रौनगढको सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्जीवन र पर्यटन प्रवद्र्धन गरि स्थानीय तथा राष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने र सिम्रौनगढको पहिचान देशविदेशमा स्थापित गर्ने उद्देश्यका साथ विणा फाउन्डेसनको आयोजना र सिम्रौनगढ नगरपालिकाको सहयोगमा परिसंवाद कार्यक्रमको आयोजना गर्न लागिएको सो अवसरमा जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रदर्शन गरिने सिम्रौनगढको मौलिक कला, संस्कृति, सांस्कृतिक नृत्य र सो अवसरमा आयोजना गरिने सेमिनार तथा पुरातात्विक भ्रमणलगायतका गतिविधिको व्यवस्थापकीय पक्षको बारेमा पनि सहभागीबीच छलफल गरिएको आयोजक विणा फाउण्डेशनकी ममता शर्माले जानकारी दिनुभयो ।

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरी, बारागढी गाउँपालिका अध्यक्ष अशोक जयसवाल, प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जयसवाल, कलैया उपमहानगरपालिकाकी उपप्रमुख रोशन प्रविण, राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्ला अध्यक्ष चन्दन स्वर्णकार, जसपा सिम्रौनगढ नगर कमिटी अध्यक्ष पन्नालाल कुशवाहा, जनमत पार्टीका गगनदेवप्रसाद कुशवाहा, नेकपा एकिकृत समाजवादीका रमेश पन्जाली, राप्रपाका सत्येन्द्र साह, सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष एजुलाह अन्सारी, वडा नम्बर ४ का अवधेश सहनी, वडा नम्बर ६ का अध्यक्ष नन्दकिशोप्रसाद जयसवाल, वडा नम्बर ८ का अध्यक्ष रामदिनेशप्रसाद यादव, विद्यार्थी नेता उमेश कुशवाहालगायतले कार्यक्रमको बारेमा बोलेका थिए ।

सो अवसरमा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु शेहर, बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी यादव, मानव अधिकारकर्मी रन्जित कुशवाहा, पुरातत्व सेनानी भरत साह, डि. के. सिह, वडा अध्यक्ष दिनदयाल मुखिया, अरबिन्द मुखिया, शिवमङ्गल कुशवाहा, रामएवालप्रसाद यादव र स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र विणा फाउन्डेसनकी अध्यक्ष ममता शर्माले सहजीकरण गर्नुभएको सो कार्यक्रममा शिक्षक शशिभुषण साहले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply