निजगढ,निजगढ नगरपालिकाले निजगढका छाडा (सामुदायिक) कुकुरहरुको बन्ध्याकरण गर्नेभएको छ ।
नगरपालिकाले नगरमा आगामी फागुन ४ गतेदेखि ६ गतेसम्म शिबिर संचालन गरेर छाडा कुकुरहरुको बन्ध्याकरणसंगै रेबज विरुद्धको खोप पनि लगाउने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सूचना सार्वजनिक गरेर निजगढ ६ को सडकटोलमा सामुदायिक कुकुरहरुको लागि बन्ध्याकरणसंगै रेबिज विरुद्धको भ्याक्शिनेशन शिबिर संचालन गर्न लागेको जानकारी दिनुभएको छ । पशुचिकित्सकको टोलीको संचालन गर्ने सो शिबिर सफल पार्न उहाँले नगरबासीमा आग्रह पनि गर्नुभएको छ ।

नगरभित्र छाडा कुकुरका कारण सर्वसाधारणले बेहोर्दैआएको क्षति र जेबिज रोगको न्यूनीकरण गर्न कुकुरको बन्ध्याकरणसंगै भ्याक्शिनेशन कार्यक्रम पनि संचालन गर्न लागेको बताइएको छ ।नगरपालिकाका पशु सेवा शाखाका प्रमुख नवल किशोर सिंहका अनुसार छाडा कुकुरको टोकाइमा परेर नगरमा सर्वसाधारण बिरामी हुने र किसानहरुले पालेका पशुहरु मर्ने घटना बढेको र त्यस्ता घटना न्यूनीकरणको लागि कार्यक्रम संचालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार छाडा कुकुरको टोकाइबाट नगरमा बर्षेनी ५० भन्दा बढी पशुहरु मर्ने र दर्शनौं सर्वसाधारण रेबिजको बिरामी पर्ने गरेका छन ।

Leave a Reply