मुलुकमा अहिले चुनावी माहौल छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु यतिबेला चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले मतदताहरुलाई रिझाउनका लागि हरेक प्रकारका प्रयास गर्दै आइरहेका छन् । उनीहरुले चुनाव प्रचारका क्रममा भने निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पनि ख्याल कम गरेको देखिएको

हुन त उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गर्नु सामान्य जस्तै हुदै आएको छ, नेपालमा ।

अन्य देशको सवालमा त आचारसंहिता उल्लंघन गरेपछि उम्मेदवारी रद्द हुने संभावना नै रहन्छ तर नेपालमा समेत मात्रै गराइन्छ जसले गर्दा पनि उम्मेदवारहरुले भने खासै आचारसंहितको बिषयमा चासो दिएको पाइदैन उल्लघनका घटना बारम्बार हुने गरेका छन । यस विषयमा निर्वाचन आयोग पनि कडा हुन जरुरी छ । त्यसैगरी तर कानुन भनेको कानुन नै हो । यो केवल देखाउन र सुनाउनको लागि बनाइएको हुदैन । निर्वाचन आचारसंहिता पनि उम्मेदवारहरुले कार्यान्वय गर्नैपर्ने हुन्छ । अन्यथा उनीहरु सजायभागी हुनुपर्ने छ ।

बाराको क्षेत्र नम्बर १ मा एकजना बाहलवाला मन्ंत्री एंव प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले यस्तै कार्य गरेको पाइएको छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई आफ्नो पक्षमा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै नलिए जे पनि हुन सक्ने भनेर धम्की दिएको समाचार बाहिर आएको छ । एउटा उम्मेदवारलाई अर्को उम्मेदवारले पद र शक्तिको आडमा यसरी धम्की दिनु निर्वाचन आचारसंहित विपरित मात्रै होइन नेपालको कानुन विपरितको कार्य पनि हो ।

आचार संहितको बिषयमा प्रभावकारी रुपमा अनुगमन होस् र उल्लंघन गर्नेलाई कारवाही होस् अनि मात्रै आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुनेछ । अन्यथा पद र शक्तिको आडमा यसको दुरुपयोग बढिरहनेछ ।

Leave a Reply