मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ वडा कार्यालय बकुलियाले मंगलवार एक कार्यक्रमबीच नेपाल राष्ट्रिय नमुना विद्यलयका विद्यार्थीहरुमा खेलकुद सामग्री वितरण गरेको छ । सो अवसरमा फुटबल, भलिबल र क्रिकेट खेलकालागि आवश्यक सामग्रीहरु वितरण गरिएको थियो ।वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीको अगुवाइमा विद्यालयका विद्यर्थीहरु खेल क्षेत्रमा प्रेरित गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको हो ।वडा अध्यक्ष चौधरीले विद्यालयका प्रधानध्यापक धन्जय गौतमलाई खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो ।