नरेश गुप्ता
बरियारपुर –  मकर सक्रान्तिमा लागने गढीमाई मेलामा श्रद्धालुको मोबाइल ,गहना , नगद सहित २२ जना भारतिय नागरिकलाई  सशस्त्र  प्रहरीले पक्राउ  गरेको छ ।  मकर सक्रान्तिको अवसरमा  गढीमाईमा दर्शनको लागि आएको श्रद्धालुहरुको समान चोरी गरि छौडादनो तर्फ भाग्ने क्रममा  सशस्त्र  प्रहरी  बोडर आउट पोष्ट कवही गोठले भारतिय नागरिकको झोला चेकजाँच गर्दा मोबाइल  १२ थान ,कस्तुरी रक्सी १२ बोतल ,न्कानको रिङ्ग ६ थान ,कानको फुलि १ थान ,कानको मुन्द्री र नथुनी एक एक थान , नेपाली रुपैया ८२२५/ र भारतिय रुपैया  ३४००/  सहित २२ जनालाई पक्राउ  गरिएको बि ओ पि कवही गोठको सशस्त्र  प्रहरी  निरीक्षक  युकेश उप्रेतीले बताउनु भयो ।
उनिहरुले  प्रयोग गरेको भारतिय बोलेरो बि आर २४ पि १०५८ नम्बरको  गाडीलाई चेकजाँच गर्दा चोरिको समान सहित उनिहरुलाई पक्राउ  गरिएको सशस्त्र  प्रहरी  उपरीक्षक दिग बिजय सुबेदिले बताउनु भयो । पक्राउ  गरिएको चोरिको समान , सवारीसाधन सहित भारतिय नागरिकलाई आवश्यक अनुसन्धानको लागि जिल्ला  प्रहरी  कार्यलय बारामा बुझाईएको सशस्त्र  प्रहरी  निरीक्षक  दिग बिजय सुबेदिले बताउनु भयो ।

Leave a Reply