निजगढ,पछिल्लो समय बारा, पर्सा, रौतहट, र सर्लाही जिल्ला नेपाली नक्कली नोट कारोबारका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ ।मधेस प्रदेशमा रहेका आठ जिल्लामध्ये रौतहटबाट सबैभन्दा बढी नक्कली नोट ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन । यसैले मधेस प्रहरीले रौतहटलाई ‘रेड’ सूचीमा राखेको छ ।मधेस प्रदेश प्रहरीले गरेको आकलन अनुसार भारतबाट नेपाली नक्कली रुपैयाँ नेपाल भित्रिन थालेको छ, जसमा रौतहटको भूमिका बढी रहेको बताइएको छ । आर्थिक वर्ष २०८०-८१ मा रौतहट जिल्लाबाट झण्डै २० लाख रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद भएको प्रहरी तथ्याङ्क छ । पछिल्लो एक वर्षमा रौतहटबाट १६ जना नक्कली नोटसहित पक्राउ परेका छन्, जुन मधेसका अन्य जिल्लाको तुलनामा बढी हो ।

आर्थिक वर्ष २०८०-८१ मा रौतहट प्रहरीले २० लाख १६ हजार रुपैयाँ नेपाली नक्कली नोट ओसारपसारमा संलग्न व्यक्तिहरूबाट बरामद गरेको छ । प्रदेशका पर्सा, बारा, रौतहट, र सर्लाही जिल्लामा नेपाली नक्कली नोट ओसारपसारको गतिविधि बढेको देखिएको छ । प्रहरीका अनुसार रौतहटपछि बाराबाट १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबर नेपाली नक्कली नोट बरामद भएको छ । पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो ।

Leave a Reply