सिमरा,ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी हिरासतबाट फरार बनेका एकजना थुनुवालाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ ।हिरासतबाट फरार बनेका थुनुवा महेश चौधरीलाई आइतबार साँझ सिमराबाट नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीले गत माघ ९ गते अभद्र व्यवहार मुद्दामा पक्राउ गरी हिरासतमा राखेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ का १९ वर्षीय महेश चौधरी आइतवार फरार भएका थिए । चौधरीलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद गराई थप अनुसन्धानको लागि हिरासतमा राखिएको अवस्थामा फरार भएको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायव उपरीक्षक सुभद्रा वाइवाले जानकारी गराउनुभयो ।
हिरासत कक्षबाट फोहर फाल्न निस्केको बेला थुनुवा भागेका थिए । फरार थुनुवा चौधरीको खोजतलाश गर्न प्रहरी नायव उपरीक्षक वाइवाको नेतृत्वमा २५ जनाको टोली खटेको थियो ।


















