A picture taken from Rafah shows smoke billowing over Khan Yunis in the southern Gaza Strip during Israeli bombardment, as the war between Israel and the Palestinian militant group Hamas enters its 100th day on January 14, 2024 (Photo by AFP)

काठमाडौं । इजरायल र विद्रोही समूह समास १५ महिना लामो युद्ध समाप्त गरेर १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्धविराम सम्झौताको मुकाममा पुगेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । जसमा पूर्ण एवं समग्र युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्दीहरुको रिहाईलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ ।

बाइडेनका अनुसार पहिलो चरणमा प्यालेस्टाइनीहरुलाई उनीहरुका आफन्तसँग मिलन गराउने र घर फिर्ती तथा गाजापट्टीमा अधिक मानवीय सहायताको अनुमति दिइनेछ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो । जसमा अहिलेसम्म १२ सय जना मारिएका छन् भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको बताइन्छ ।

हमासले आफुहरुले सुरु गरेको आक्रमणले गाजामा ठूलो परिमाणको इजरायली आक्रमण निम्त्याएको र जस दौरान ४६ हजार बढी प्यालेस्टाइनी मारिएको प्रतिक्रिया दिएको छ । इजरायलले ९४ बन्दी अहिले पनि हमाससँग रहेको र जसमध्ये ३४ जनालाई मृत मानिएको जनाएको छ ।

Leave a Reply