सिमरा,सिमरामा गत शनिवार राति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलमा उपचाररत वीरगञ्ज महानगरपालिका– ७ गहवाका ३० वर्षीय सुरज साह गुप्ताको सोमवार मृत्यु भएको हो । गुप्ताको मृत्युसँगै दुर्घटनामा परि मृत्यु हुनेहरूको सङ्ख्या दुई पुगेको छ ।
यसअघि दुर्घटना भएकै रातमा भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल वीरगन्ज– ७ बस्दै आएका २७ वर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको थियो ।चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगञ्ज फर्किरहेको ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस शनिवार राति सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैङ्क रहेको घरमा ठोक्किदा १ जनाको मृत्यु र ११ जना घाइते भएका थिए ।