निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ को कार्यालयले अन्तरजातीय विवाह गर्ने दलित समूदायका दम्पतिलाई सम्मान गर्ने भएको छ ।वडा अध्यक्ष सूर्यबहादुर थापाले आइतवार एउटा सूचनामार्फत वडा कार्यालयले र अन्तरजातीय विवाहा गर्ने दम्पति तथा सोही समुदायबाट परम्परागत पेसा गर्दै आएको परिवार वडाभित्र रहेका दलित अधिकारकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको जानकारी दिनुभएको छ ।

वडा कार्यालयले उनीहरुलाई आगामी जेष्ठ २१ गते एक कार्यक्रमबीच सम्मान गर्न लागेको वडा अध्यक्ष थापाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।समाजमा विद्यमान जातीय भेदभाव, छुवाछुत प्रथाको अन्त्य र दलित समुदायको अधिकार प्रवद्र्धनको लागि दलित र गैरदलितबीच विवाह गर्ने जोडी, परम्परागत पेसाकर्मी गर्ने दलित समुदाय र सोही समुदायका अधिकारकर्मीहरुलाई पनि सम्मान गर्न लागिएको जानकारी वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।सूचनामा सम्बन्धित व्यक्तिले आगामी जेष्ठ १३ गतेभित्र आवश्यक कागजपत्र सहित वडा कार्यालयमा निवेदन पेश गर्न भनिएको छ।



















