सिमरा,प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः रञ्जन यादव चयन हुनुभएको छ । यादव दोस्रो कार्यकालको लागि अध्यक्षमा चनिनुभएको हो ।
सेन्टरको उपाध्यक्षमा प्रदीप गौतम,प्रियंका सरार्फ, सचिवमा अखिलेश यादव,सहसचिवमा काजल कार्की, विशाल सरार्फ तथा कोषाध्यक्षमा शर्मालाल बैठासहित सदस्यहरुमा राजेश चौधरी,लालबावु कुशवाहा, पप्पु साह,बिकास गुरुङ्ग, प्रलाद चौरसिया, महेन्द्र सहनी तथा बिजेन्द्र चौधरी निर्वाचित हुनुभएको प्रेस सेन्टर केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज, एवम् निर्वाचन समिति संयोजक कृष्णउदास खनालले जानकारी दिनुभयो ।
सोमवार सिमरामा सम्पन्न भएको सेन्टरको साधारण सभा तथा अधिवेशनले उक्त समिति चयन गरेको हो ।प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एवम् मधेस प्रदेशका इन्चार्ज गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य अनिल श्रेष्ठ, जीतपुरसिमराका मेयर राजन पौडेल, माओवादीका बैकल्पिक केन्दीय सदस्यहरु शीला खनाल,गीता कँडेल, प्रेस युनियन बाराका अध्यक्ष श्यामबावु यादव, माओवादी केन्द्रका जीतपुरसिमराका नगर समिति अध्यक्ष प्रेम बराल, उद्योग बाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्मालगायतले शुभकामकना मन्तव्य राख्नुभएको थियो ।