नरेश गुप्ता

बरियारपुर,विवाह भएको ७ वर्षपछि पतीले दोस्रो विवाह गरेर श्रीमती ल्याएपछि बिचल्लीमा परेकी एक महिला न्याय माग गर्दै प्रहरीको शरणमा पुग्नुभएको छ ।

बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर १ निवासी वर्ष २६ की सुन्दरीकुमारी ठाकुर श्रीमान् राकेश ठाकुर लोहारले दोस्रो विवाह गरेर बिचल्लीमा पारेपछि न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बारामा पुग्नुभएको हो । दोस्रो विवाह गर्ने जिल्लाको देवताल गाउँपालिका वडा नम्बर १ पिप्राढी निवासी लोहार हाल नेपाल प्रहरीमा कार्यरत छन । लोहारले २०७२ साल बैशाख १८ गते धार्मिक विधिअनुसार सुन्दरीसंग विवाह गरेका थिए ।

लोहारले सर्लाही जिल्लाको बरथवा नगरपालिका वडा नम्बर २ हजरिया टोल निवासी हरिभगवान ठाकुरको छोरी सीता ठाकुरसंग दोस्रो विवाह गरेको पिडीत युवतिकी आमा नैनवा लोहारिनले कलैयास्थित देवकीलाल धर्मशालामा बुधबार आयोजित पत्रकार समेलनमा जानकारी गराउनुभयो ।

पिडीत महिलाले पत्रकार सम्मेलनमार्फत पती लोहार विरुद्ध बहुविवाहको मुद्दा दिने बताउनुभएको छ । विवाहपछि नै पिडीत महिलालाई घरपरिवारमा खाना, लगाउन नदिने, कुटपिट र यातना दिने जस्ता हिंसा गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विवाहा लगत्तै श्रीमानले आफूमाथि हिंसा र दुव्र्यवहार गर्दै आएको र एक वर्षअघि आफूलाई माइतीघरमा लगेर छोडेको सुनाउनुभयो । गत जेष्ठ ३० गते दोस्रो विवाह गरेको आफूले थाहा पाएपछि उहाँले श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बारामा गुहार माग्दै आएको बताउनुभयो । तर प्रहरीले लोहार विरुद्ध बहुविवाहमा मुद्दा दायर गर्न आनाकानी गर्दै आएको पिडीत पक्षको आरोप छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here