रौतहट, २५ भदौँ– हिरासतमा रहेकोबेला दलित युवकको मृत्यु भएपछि रौतहटका तत्कालीन प्रहरी प्रमुख रहेका एसपी रविराज खडकासहित ६ जनाविरुद्ध मृतकका परिवारले बुधबार मुद्दा दर्ता गराएका छन ।
रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी खड्कासहित इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादव र हवल्दारव्दय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा मुर्दा दर्ता भएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय महरा (चमार) को उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई हिरासतभित्र तात्कालिन रौतहट प्रहरी प्रमुख खडकाको निर्देशनमा चरम यातना दिएर हत्या गरिएको परिवारले बताएको छ ।
मृतकका बाबु पनिलाल महरा चमारले यातना तथा ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गराउनु भएको हो । यातना तथा जइान सम्बन्धी कसुरमा दर्ता भएको सो जाहेरी सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइसकेको छ ।