सिमरा,नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । एउटा उद्योगले यसअघि नै प्राधिकरणको ६० किस्ते सर्त स्वीकार गरेर लाइन जोडाएको छ ।बाराको सिमरास्थित जगदम्बा स्टिलमा शुक्रवार रातिबाट लाइन जोड्न शुरु गरिएको र राति नै सो क्षेत्रका सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो ।यसअघि गएको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले लाइन जोड्न दिने निर्णयसँगै प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो । प्राधिकरणका अनुसार ट्रङ्क र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले २४ अर्ब रुपैयाँभन्दा बढी महशुल तिर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here