सिमरा,अखिल नेपाल महिला संघले बाराको सिमरा र निजगढमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । अभियानको अन्तिम दिन शुक्रबार अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगर कमिटीको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य चैन गुरुङ्गले महिलाहरुको हक हितका लागि अनेमसं सधै अग्रसर भएर लागि पर्दै आएको बताउनुभयो । गुरुङ्गले अब महिलालाई सचेत बनाउन र उनीहरुका समस्या सुन्न प्रत्येक टोलटोलमा संगठन विस्तार गरेर काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरीले संगठनको निर्देशन इमान्दारिताका कार्यान्वयन गर्न र संघठनलाई अझ बलियो र सशक्त तुल्याउन सबै जनवर्गीय संघठनका कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । अध्यक्ष चौधरीले गाउँघरमा हुने गरेका महिला हिंसाका घटना पुरुषहरुको मिलोमतोमा लुकाउने गरिएको बताउदै हिंसा गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन अनेमसंघले मुख्य भुमिका खेल्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले बाराका नेता मनोज पौडेलले हिंसालाई न्युनीकरण गर्न महिला र पुरुष दुबैको बराबरी भुमिका आवश्यक रहेको बताउनुभयो ।

कमला घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका बारा जिल्ला कमिटी सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देबी चौधरी, जिल्ला कमिटी सदस्य तारा कार्की, भोलाप्रसाद अधिकारी, रविन्द्र खकुरेल, तुलसा मैनाली, कासीम हुसेन, दिनेश्वर ठाकुर, सिता उप्रेती, शुभद्रा लम्साल, अनिता चौधरी, भाबना आचार्य, अनिता चौधरी, रत्न उप्रेती लगायतले महिला हिंसा न्युनीकरण बारे मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी अनेमसंघ निजगढको आयोजनामा महिला हिंसाविरुद्ध शुक्रबार साँझ निजगढमा दीप प्रज्ज्वलन गरिएको छ । निजगढस्थित शहिद चोकमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेलगायत अनेमसंघका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।हिंसा पीडितको स्मृतिमा दिप

निजगढ,
महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन शुक्रबार निजगढ नगरपालिकाले महिला हिंसामा परेर ज्यान गुमाएका महिलाहरुको स्मृतिमा दिप प्रज्ज्वल गरेको छ ।

पूर्वश्चिम लोकमार्गस्थित शहिद चोकमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलगायत बाल संजालका बालबालिका, जनप्रतिनिधि, कार्यालयका कर्मचारी, महिला अगुवा, सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहभागिता रहेको थियो । कार्यक्रममा उप्रमुख लामिछाने, प्रमुख प्रशासकीय अधिकृत कार्की, निजगढ नगरपालिका महिला शाखा प्रमुख मेनुका खडकाले महिला हिंसाविरुद्ध बोल्नु भएको थियो । कार्यक्रममा निजगढ बाल संजालका बालबालिका र डान्स स्टुडियोका भाइ बहिनीहरुले गीत तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यालयकी कर्मचारी रोजी श्रेष्ठले संचालन गरेको सो कार्यक्रममा १६ दिने अभियान अन्तर्गत नगरपालिकाले संचालन गरेको कार्यक्रमको बारेमा पनि जानकारी गराइएको थियो ।

Leave a Reply